डा. केसी अस्पताल भर्ना



जुम्ला : चिकित्सा शिक्षामा सुधारको माग राख्दै १९ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको ।

शनिबार राति पौने ११ बजे प्रहरीले डा. केसीलाई जबरजस्ती उठाएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको हो ।

डा. केसीका सहयोगी स्थानीय युवा महेन्द्र कार्कीका अनुसार डा. केसीलाई उपचारका लागि प्रहरीले प्रतिष्ठानमा लगेको हो ।

चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालका अनुसार डा. केसीको नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसो अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए । तर, उनले अस्पताल जान मानेका थिएनन् ।

प्रकाशित : असोज ४, २०७७

प्रतिक्रिया दिनुहोस्