पेट्रोल बोकेको ट्यांकर त्रिशूलीमा खस्यो



धादिङ : पेट्रोल बोकेको ट्यांकर त्रिशूलीमा खसेको छ । पृथ्वी राजमार्गस्थित गल्छी बैरेनीको नमस्ते ग्यास उद्योग नजिकको मोड शनिबार राति ट्यांकर त्रिशूलीमा खसेको हो ।

अमलेखगञ्जबाट काठमाडौं जाँदै गरेको उक्त ट्यांकर खसेपछि तेल भर्ने भागमा आगलागी समेत भएको छ ।

गजुरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काका अनुसार पानीमा माथिल्लो भाग मात्रै देखिएको उक्त ट्यांकरमा आगलागी भएकोले उद्धारमा समेत कठिनाइ भएको छ ।

चाकलसहित ट्यांकरमा कतिजना व्यक्ति थिए भन्ने खुल्न नसकेको खड्काले बताए । उद्धारका लागि चितवनको कुरिनटारबाट सशस्त्र प्रहरीको गोताखोर बोलाइएको समेत उनले बताए ।

प्रकाशित : असोज ४, २०७७

प्रतिक्रिया दिनुहोस्