पाँच वर्षदेखि मोटरेबल पक्की पुल अलपत्र



डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा र नवदुर्गा गाउँपालिका जोड्ने पक्की पुल निर्माण नहुँदा अलपत्र अवस्थामा रहेको छ । गन्यापधुरा–३ सकायलदेखि नवदुर्गा गाउँपालिका–३ डाँडावन जोड्न सकायल खोलामा निर्माण हुन लागेको मोटरेबल पुल विसं २०७२ देखि अलपत्र अवस्थामा रहेको छ ।

रु दुई करोड ५० लाखको लागत रहेको पुलको निर्माण दुई वर्षभित्र सम्पन्न गरिसक्ने गरी डडेल्धुरा जिल्लाकै राजेन्द्र निर्माण कम्पनी र चाँदनी निर्माण कम्पनीको जेभीसँग विसं २०७२ मा सम्झौता भएको थियो तर सम्झौता भएको पाँच वर्ष पुग्दासम्म पनि तीन प्रतिशतमात्रै काम भएको छ । पुल निर्माण सम्पन्न गर्ने अवधि सकिएको तीन वर्ष भएको छ तर खोलाका दुवैपट्टि अपुरा पिलर राखेर पुल अलपत्र अवस्थामा छ ।

बर्सातको समयमा खोलामा पानीको बहाव अत्यधिक हुने हुँदा स्थानीय बासिन्दालाई ओहोरदोहोर गर्न समस्या भएको स्थानीय सुरेन्द्र देउवाले बताए । उनले भने, “निर्माण कम्पनीसँग पुल निर्माणका लागि पटकपटक आग्रह गर्दासमेत बेवास्ता गर्दा जोखिमपूर्णरूपमा खोला वारपार गर्नुपरेको छ ।” समयमै पुल निर्माण नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको र पुल निर्माणको काम अगाडि बढाउन निर्माण कम्पनी र सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई पटकपटक आग्रह गर्दा पनि निर्माण हुन नसकेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले बताए ।

काम सम्पन्न गर्नका लागि छ महिनाको म्याद थप भएकाले यो अवधि सकिँदा पनि काम सम्पन्न नगरेमा निर्माण कम्पनीलाई कारवाही गरिने सडक डिभिजन कार्यालय कुलपाते डोटीले जनाएको छ । यता पुल निर्माणको ठेक्का पाएका निर्माण व्यवसायी लोकेन्द्र गुरुङले स्टिमेट रिभाइज भएकाले काममा ढिलाइ भएको स्वीकार गरेका छन् । निर्माण व्यवसायी गुरुङले तत्काल काम शुरु गरी सडक डिभिजन कार्यालयले थप गरेको म्यादमा काम सम्पन्न हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

धरान : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको

मुस्ताङ : हिमालपारीको जिल्ला मुस्ताङमा अत्यावश्यक कामबाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ

काठमाडौं : यस वर्षको बडा दशैं आज (शनिबार) देखि औचारिक रुपमा समापन भएको छ ।दशमीको

धनगढी– कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान

काठमाडौं : काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा २४ वर्षीय युवकको मृत्यु भएको छ

काठमाडौं– यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा

चितवन : चितवन मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

काठमाडौं : कोरोना संक्रमणका कारण काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको मृत्यु भएको छ।काभ्रे पोस्टका प्रधान सम्पादक

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सिडिओ

पर्सा– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले गरेको भ्रष्टाचार र अनियमिताको विरुद्धमा स्थानिय युवा द्धारा सार्वजनिक

काठमाडौं– गत शनिबार तोडफोड गरिएको मस्जिद पूर्ननिर्माणमा वाडध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका

काठमाडौं– दशैंपछाडी फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आकलन भइराखेको छ । यसलाई ध्यान