महोत्तरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु



जनकपुरधाम : महोत्तरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–६ किसानगरमा पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा स्थानीय देव बहादुर खपाङ्गी र प्रमोद राम रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरिक्षक राजन चापागाईले जानकारी दिए ।

विपरीत दिशाबाट आइरहेको पिकअप भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको उनले जानकारी दिए ।

मोटरसाइकमा सवार तीन जनामध्ये चालक प्रमोद र पछाडी बसेका देवबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनमा परेर गम्भीर घाइते भएकालाई धनुषास्थित लालगढ मोडेल अस्पतालमा उपचारका लागि लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि प्रमोदलाई धरान र देवबहादुरलाई काठमाडौं लग्ने क्रममा प्रमोदको धरानमा र देवबहादुरको बाटोमै मृत्यु भएको डीएसपी चापागाईले जानकारी दिए ।

मृतकमध्ये देवबहादुर नेपाली सेनामा बन्दोबस्ती सिपाही पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असोज ४, २०७७

प्रतिक्रिया दिनुहोस्