मृतक रामको परिवारलाई आर्थिक सहयोग



जनकपुरधाम : नेपाल प्रहरीले यातना दिएर निर्मम हत्या गरेको भनिएका रौतहटको गरुडा नगरपालिका–८ बसविट्टी जिंगडियाका विजय रामको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

रामको परिवारको आर्थिक अवस्था कमजोर भएकोले अमेरिका बस्ने Adwan Nepal को संस्थापक अध्यक्ष डा।विष्णु माया परियारको पहलमा आज आइतबार ४६ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

उनको घरमै पुगी पिस फोर दलित फाउन्डेसन नेपालका अध्यक्ष तथा सामाजिक अभियन्ता मनोज रामले स्वर्गीय रामको आमा र श्रीमती सुनित देवी रामको हातमा सहयोग रकम प्रदान गरेका छन् ।

पिस फोर दलित फाउन्डेसन नेपालका सचिव संजोग राम, रौतहटका दलित सामुदायिक विकास नेपाल संस्थाका अध्यक्ष उदयनारायण राम र दलित महिलाहरु समेत मृतक रामको घर पुगेका थिए ।

प्रकाशित : असोज ४, २०७७

प्रतिक्रिया दिनुहोस्