पेरिसडाँडाबाट बालिका खड्का पक्राउ



काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गरेर चर्चामा आएकी बालिका खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकबीच पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले खड्कालाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनलाई हाल महानगरीय प्रहरी प्रभाव कोटेश्वरमा राखिएको छ ।

खड्काले नेताहरुलाई भेट्नुपर्ने बताउँदै कार्यालयमा छिर्न खोजेकी थिइन् ।

प्रकाशित : असोज ४, २०७७

प्रतिक्रिया दिनुहोस्