फार्मेसीले नै दियो गलत औषधि



नवलपरासी : पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१४ श्रीबासकी हरिमाया दर्लामी सोमबार दिउँसो उपचारका लागि भरतपुर अस्पताल पुगिन् । चिकित्सकले उनलाई आवश्यक पर्ने औषधी किन्न पठाए ।

 

उनका आफन्तले भरतपुर अस्पतालमै फार्मेसीबाट औषधी किने । तर फार्मेसीले चिकित्सकले लेखेको भन्दा अर्कै गलत औषधी दिएको पत्ता लाग्दा एक बोतल औषधि बिरामीको शरीरमा गइसकेको थियो ।

 

दर्लामीमा विष सेवनबाट उत्पन्न हुनेजस्तो स्वास्थ्य समस्या देखा परेपछि उनलाई उपचारका लागि ल्याइएको थियो । यस्तो हुदा वान्ता गराउने औषधि दिनुपर्छ । जसका लागि चिकित्सकले पाम भन्ने औषधि लिन पठाए । यो इन्जेक्सेन हो । जसलाई स्लाइन पानी दिए जसरी नाडीबाट दिनुपर्छ ।

 

तर फार्मेसीले यसरी नै दिनुपर्ने अर्को इन्जेक्सन पारासिटामोल क्यारिडोल दिएर पठायो । एक हजार एमजीको सय एमएल पारासिटामोल हनहनी ज्वरो आएका बिरामीलाइ दिइन्छ । ‘फार्मेसीसम्बन्धी ज्ञान भएका हरिमायाका एक जना आफन्त बिरामी भेट्न भन्दै अस्पताल आएका थिए ।

 

उहाँले नै ज्वरो नआएका बिरामीलाई किन यो औषधि चलाएको हो भनेर सोधीखोजी गरेपछि बल्ल गलत औषधि परेको पत्ता लाग्यो’ उपचारका क्रममा हरिमायासँगै रहेका जंगबहादुर ढेँगाले भने ।

 

बिरामी भेट्न आएका आफन्तले सोधीखोजी गरेपछि चिकित्सक आएर औषधी फेरेका थिए । ती औषधीमध्ये एक बोतल शरीरमा चढाएर लगभग सक्किसकेको थियो विरामीलाई कलेजोको समस्या भएको भए यसरी सिटामोल दिदा ठुलै समस्या आउन सक्थ्यो ।

 

तर त्यस्तो नभएका कारण गलतै परे पनि औषधिले तत्कालै कुनै नराम्रो असर नदेखिएको स्वास्थ्थकर्मी बताउँछन् । अाजकाे कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्