कोरोना संक्रमणबाट उपत्यकामा ६ जनाको मृत्यु



काठमाडौं : काठमाडौं उपत्यका कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ४०, ६०, ६३ वर्षीया महिला र ८२ वर्षीय पुरुष, ललितपुरमा ७५ वर्षीया महिला र भक्तपुरमा ७२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।

काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा १३ सय २५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

नेपालमा कोरोनाबाट हालसम्म ४११ जनाको मृत्यु भएको छ ।

प्रकाशित : असोज ४, २०७७

प्रतिक्रिया दिनुहोस्