डा. केसीको मागलाई गम्भीरतापूर्वक लिन सरकारसँग कांग्रेसको माग



काठमाडौं– नेपाली कांग्रेसले डा. गोविन्द केसीले अघि सारेका मागलाई गम्भीरतापूर्वक लिन सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आन्दोलनरत सत्याग्रही डा. केसीको माग पूरा गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा सत्याग्रही डा. केसीले अघि सारेका माग गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौता पालना गर्न माग गरिएको छ ।

स्वास्थ्यमा नागरिकको सहज पहुँच होस् र विपन्न परिवारका छोराछोरीले पनि सुलभ रुपमा चिकित्सा शिक्षा हासिल गर्न पाउनुपर्ने केसीको माग जायज भएको भन्दै सत्याग्रहप्रति ऐक्यबद्धता पनि जनाएको छ ।

प्रमुख सचेतक खाणले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले ल्याएको स्वास्थ्यसम्बन्धी अध्यादेशलाई कार्यान्वयन गर्नका पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

संसदीय दलले सत्याग्रही केसीको जीवन रक्षाका लागि पनि सरकारसँग माग गरेको छ । अनसनका कारण केसीको स्वास्थ्य बिग्रँदै जाँदा पनि सरकारले माग बेवास्ता गर्नु अत्यन्त दुःखद भएको कांग्रेसको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

धरान : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको

मुस्ताङ : हिमालपारीको जिल्ला मुस्ताङमा अत्यावश्यक कामबाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ

काठमाडौं : यस वर्षको बडा दशैं आज (शनिबार) देखि औचारिक रुपमा समापन भएको छ ।दशमीको

धनगढी– कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान

काठमाडौं : काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा २४ वर्षीय युवकको मृत्यु भएको छ

काठमाडौं– यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा

चितवन : चितवन मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

काठमाडौं : कोरोना संक्रमणका कारण काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको मृत्यु भएको छ।काभ्रे पोस्टका प्रधान सम्पादक

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सिडिओ

पर्सा– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले गरेको भ्रष्टाचार र अनियमिताको विरुद्धमा स्थानिय युवा द्धारा सार्वजनिक

काठमाडौं– गत शनिबार तोडफोड गरिएको मस्जिद पूर्ननिर्माणमा वाडध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका

काठमाडौं– दशैंपछाडी फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आकलन भइराखेको छ । यसलाई ध्यान