नेप्सेमा झिनो सुधार



काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले सुधार भएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ३ अंकले वृद्धि भई एक हजार ५७५ दशमलव १८ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव १२ ले वृद्धि भई ३१३ दशमलव ६२ मा पुगेको छ।

कूल १८८ कम्पनीको ९२ लाख २३ हजार ७१२ कित्ता शेयर दुई अर्ब ७४ करोड २७ लाख ९५ हजार ६९२ रुपैयाँ मूल्यमा खरिद बिक्री भए। आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ। बैंकिङ १९ दशमलव ४१, विकास बैंक २५ दशमलव ८८ र वित्त २८ दशमलव ६६ बिन्दुले बढेको छ। यस्तै होटल ९६ दशमलव ६५, जलविद्युत् ५२ दशमलव ३७, निर्जीवन बीमा ७० दशमलव ११, उत्पादन २ दशमलव १७, अन्य १० दशमलव ३६, लघुवित्त १३ दशमलव ८१, जीवन बीमा ५६ दशमलव २६ र सामूहिक लगानी कोष ० दशमलव १ बिन्दुले ओरालो लागेको छ।

कारोबारका आधारमा आज रिलायन्स लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १९ करोड ४७ लाख ६४ हजार ५१६ रुपैयाँ बराबरको कारोबार भयो। यस्तै नेपाल पुनरबीमा कम्पनी १६ करोड २९ लाख ४० हजार १९७ रुपैयाँ, नेपाल बैंक लिमिटेड १४ करोड २० लाख ६५ हजार ९२५ रुपैयाँ, सिभिल बैंक लिमिटेड सात करोड ५० लाख ५० हजार ३३४ रुपैयाँ, अरुण काबेली पावर सात करोड ३६ लाख ५० हजार ५९९ रुपैयाँ, नबिल बैंक ६ करोड ४१ लाख आठ जार ४६ रुपैयाँ र कुमारी बैंक लिमिटेड ६ करोड १६ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ। कारोबारका आधारमा आज खानी खोला हाइड्रोपावर १०, रिलायन्स फाइनान्स ९ दशमलव ६६, सप्तकोशी डेभलपमेन्ट बैंक ९ दशमलव ६३, घलेम्दी हाइड्रो ९ दशमलव ३८, सेन्ट्रल फाइनान्स ९ दशमलव ३५ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव ९७ प्रतिशतले कमाएका छन्।

त्यस्तै, आजदेखि कारोबार सुरु भएको लिवर्टी इनर्जी र हिमला दोलखा हाइड्रो पावरका लगानीकर्ताले समान १० प्रतिशतले गुमाउँदा हिमालयन ऊर्जा ९ दशमलव ९३, पाँचथर पावर कम्पनी ९ दशमलव ८२, जोशी हाइड्रोपावर ९ दशमलव ७३ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ५७ प्रतिशतले गुमाएका छन्। उता नेपाल स्टक एक्सचेञ्जले शेयर बजारमा प्रभाव पार्ने सूचना प्रवाह गरेको भन्दै सोमबार बिहानसम्म स्पष्टिकरण पेश गर्न सिभिल बैंक लिमिटेडलाई पत्र काटेको छ।

प्रतिक्रिया दिनुहोस्