नेकपाका सांसद अमनलाल मोदीलाई कोरोना संक्रमण



मोरङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अमनलाल मोदीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

मोदीका स्वकीय सचिव ताजिम अन्सारीका अनुसार मोदीको आइतबार पिसिआर परिक्षण रिर्पोट पोजेटिभ आएको हो।

केही दिनयता उनलाई सुख्खा खोकी लाग्ने तथा ज्वरो आउने लक्षण देखिएपछि पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

हाल विराटनगरस्थित बिराट नर्सिङ्ग अस्पतालमा उपचार सांसद मोदीको भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्