चितवनमा आज चार उडान हुँदै



काठमाडौं : चितवनमा बुद्ध र यती एयरलाइन्सरले आज दुई–दुई उडान गर्ने भएको छ । झण्डै छ महिनादेखि बन्द भएको आन्तरिक उडान सोमबारदेखि शुरु भएको छ । उडान शुरु चितवनमा बुद्ध र यती एयरलाइन्सरले दुई–दुई उडान गर्ने भएका छन् ।

भरतपुर विमानस्थलले आन्तरिक उडान शुरु भएकाले आवश्यक तयारी तथा सुरक्षाका मापदण्ड सम्बन्धी बिभिन्न व्यवस्था गरेको जनाएको छ । विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले आन्तरिक उडानलाई लक्षित गर्दै आइतबार विमानस्थलमा स्वास्थ्य सुरक्षा पूर्वतयारी तालिम गरिएको बताए । तालिममा प्रस्थान कक्षबाट नै निर्मलीकरण, स्वास्थ्य जांँच, सामान चेकिङ्ग र टिकट चेकिङ्ग, बोर्डिङ्ग पास र विमान प्रतिक्षा कक्षसम्म यसको नमुना प्रदर्शन गरिएको थियो ।

प्रमुख कुँवरले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरिने बताए । उनका अनुसार विमानस्थलको प्रमुखद्वारबाट नै यात्रुलाई मात्र प्रवेश दिइने र विमानस्थलभित्र आउने सवारीसाधनलाई समेत दूरी कायम गरी सीमित सवारी साधन मात्र प्रवेश गराइने छ । स्वास्थ्यमा समस्या आएका या शंकास्पद विरामी यात्रुका लागि आइसोलेसन कक्षको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।

बुद्ध एयरले विहान ११ः१० र दिउँसो ३ः४० बजे दुई उडान गर्न लागेको भरतपुर स्टेशन प्रमुख भक्त बस्नेतले जानकारी दिए । उनले बिमानस्थलमा स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड लागू गरिएको बताए ।

प्रकाशित : असोज ५, २०७७

प्रतिक्रिया दिनुहोस्