पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु



विराटनगर : मोरङमा पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी र उनका २ छोरीहरु १३ वर्षीया पबित्रा र ९ वर्षीया कृतिका रहेका छन् ।

इलाका प्रहरी कार्यालय वेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार आइतबार साँझ पोखरीमा माछालाई चारो हाल्न गएका उनीहरु घर नफर्किएपछि खोजी गर्दा पोखरीभित्र शव फेला परेको हो ।

मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ । उनीहरुको के कारणले मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

प्रकाशित : असोज ५, २०७७

प्रतिक्रिया दिनुहोस्