वायु प्रदूषण मापनका लागि डिस्प्ले बोर्ड स्थापना



तनहुँ : तनहुँको दमौलीस्थित मुख्य चोकमा वायु प्रदूषण मापनको डिस्प्ले बोर्ड स्थापना गरिएको छ । वातावरण विभागले व्यास नगरपालिकाको समन्वयमा दमौलीमा डिस्प्ले बोर्ड स्थापना गरेको हो ।

वायुमा हुने प्रदूषणको अवस्था देखाउन तथा यसबाट बच्न र बचाउनका लागि सावधानी अपनाउन डिस्प्ले बोर्डले सहयोग गर्नेछ । बोर्ड जडानका लागि व्यास नगरपालिकाले सवमिटरमार्फत विद्युत् लाइन जडान गरिदिएको छ । डिस्प्ले बोर्डमा जडान भएको सवमिटरमा उठेको विद्युत्को अङ्क (खपत युनिट) अनुसार विद्युत् प्राधिकरणबाट निर्धारण भएको दररेटबमोजिम विभागले व्यास नगरपालिकालाई उपलब्ध गराउनेछ ।

उक्त डिस्प्ले बोर्डमा देशका मुख्यमुख्य शहरमा भइरहेको वायु प्रदूषणको तथ्याङ्क देख्न सकिने व्यास नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए । उक्त डिस्प्ले बोर्डमा धनगढी, धनकुटा, नेपालगञ्ज, विराटनगर, भक्तपुर, दाङ, हेटौडा, भरतपुर, सौराहा, धुलिखेत, रत्नपार्क, महेन्द्रनगरलगायतका शहरमा भइरहेको वायु प्रदूषणको तथ्याङ्क देखाउनेछ ।

प्रतिक्रिया दिनुहोस्