जेसिबी पल्टिँदा एकको मृत्यु, ३ जना घाइते



बझाङः बझाङको बुंगल नगरपालिका १ दहबगरमा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

आइतबार राति १२ः३० बजे भएको जेसीबी दुर्घटनामा परी बुङ्गल नगरपालिका १ भेरगडा बस्ने ३४ वर्षीय मानबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुंगल नगरपालिका ९ देउलीकोटका जेसीबी चालक २४ वर्षीय महेश खडायत, बुंगल नगरपालिका १ दहबगर का २७ वर्षीय रामबहादुर बोहरा र सोही ठाउँ बस्ने ५० वर्षीय प्रताप धामी घाइते भएका छन् ।

उनीहरुलाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ । जेसीबी खालंगा हाइड्रो पावरले भाडामा लिएर संचालन गरेको थियो । नगरपालिकाको वडा नं.१ दहबगर क्रिकेट मैदान नजिक सडकमा फसेको जीप निकाल्न गएको र फसेको जिप निकालेर फिर्ता हुने क्रममा लु १ क १२७८ नम्बरको जेसिबी सडकबाट करिब ५० मिटर तल खसेको थियो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशितः ५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्