रोकिएको ट्रकमा एम्बुलेन्स ठोक्किँदा ३ जना घाईते



धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नं.१ मा रोकिएको ट्रकमा एम्बुलेन्स ठोक्किँदा ३ जना घाईते भएका छन् ।

डोटीबाट धनगढी आउँदै गरेको सुपप्र ०१००१ च २८७१ नं.को एम्बुलेन्स सडकमा रोकिएको ना ६ ख २२१५ नं.को ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाईते हुनेमा डोटीको शिखर नगरपालिका वडा नं.४ का ५० वर्षीया गौरीमाया महरा, ३६ वर्षीय नारायण महरा र २७ वर्षीय देवबहादुर महरा रहेका छन् । घाइते तीनै जनाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको भने चालक जयकिरन चौधरी समान्य घाईते भएको प्रहरीले जनाएको छ ।

प्रकाशितः ५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्