मल नल्याउने दुई कम्पनीद्वारा सरकारविरुद्ध तेस्रो मुद्दा दायर



काठमाडौं : शैलुङ र होनीको कम्पनीले सरकारविरुद्ध उच्च अदालत पाटनमा तेस्रो मुद्दा दायर गरेको छ ।

कालोसूची सिफारिसविरुद्ध दुई कम्पनीले पुनः अर्को मुद्दा दायर गरेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

यसभन्दा अगाडि उच्च अदालतमा ठेक्का सम्झौता रद्द र धरौटी जफत नगर्न भन्दै मुद्दा दायर गरिएको थियो । पहिलो दुई उत्प्रेष्ण निवेदनमा छलफल चलिरहेकै बेला ठेकदार कम्पनीले पुनः अर्को मुद्दा दायर हो ।

मल नल्याउने ठेकदारसँगको ठेक्का सम्झौता तोड्दै भदौ २१ गते कम्पनीले धरौटी जफत गर्ने निर्णय गरेको थियो । सरकारी कम्पनीको निर्णयविरुद्ध उच्च अदालत पाटनमा शैलुङ र होनीको कम्पनीले उक्त निर्णय बदर गर्न माग गर्दै भदौ २८ गते उत्प्रेषण रिट दायर गरेका थिए ।

मुद्दा दायरको भोलीपल्ट कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ र होनीको कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई सिफारिस गरेको थियो ।

भदौ ३ गते शैलुङ इन्टरप्राइजेजले कालोसूची सिफारिस बदर गर्न माग गर्दै अर्को उत्प्रेषण रिट दायर गरेको उच्च अदालत पाटनले जनाएको छ ।

शैलुङ इन्टरप्राइजेजकातर्फबाट अधिकार प्राप्त निकेश अधिकारीले शैलुङको मुद्दा बोकेका छन् । उक्त रिटमा पनि छलफलका लागि अदालतबाट पत्र आएको कृषि कम्पनी लिमिटेडले जनाएको छ ।

प्रकाशित : असोज ५, २०७७

प्रतिक्रिया दिनुहोस्