एकैदिन कोरोना संक्रमणबाट १६ को मृत्यु, संख्या ४२७ पुग्यो



काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट आज सोमबार थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ३ महिला १३ पुरुष रहेका छन् ।

मृत्यु हुनेमा मकवानपुरकी १७ वर्षीया, ललितपुरकी ५८ वर्षीया र दोलखाकी ५२ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी भापाका ७४ वर्षीय, सुनसरीका ४९ वर्षीय, पर्साका ८८ वर्षीय, भुक्तपुरका ८४ र ६२ वर्षीय, काठमाडौंका ५८ र ७३ वर्षीय, मकवानपुरमा ६८ वर्षीय, ललितपुरका ६१ वर्षीय, चितवनका ५५ वर्षीय, रुपन्देहीका ६७ वर्षीय, बाँकेमा ५० र ५९ वर्षीय पुरुषको पनि कोरोनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्