थप ११५४ जना कोरोना संक्रमित हुँदा १६ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा थप ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ हजार ५ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १ हजार ५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयले काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

यो पनि

एकैदिन कोरोना संक्रमणबाट १६ को मृत्यु, संख्या ४२७ पुग्यो

प्रकाशित : असोज ५, २०७७

प्रतिक्रिया दिनुहोस्