अनशनरत डा. केसीलाई काठमाडौं पठाइयो



जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं पठाइएको छ ।

स्वास्थ्य अवस्था बिग्रदै गएपछि डा. केसीलाई प्रतिष्ठान भर्ना गरिएको थियो । तर, दुई दिनदेखि अस्पतालमा भएपनि केसीले कुनै उपचार लिन नमानेपछि सोमबार दिउँसो समिट एयरमार्फत नेपालगञ्ज लगिएको थियो ।

१९ औं सत्याग्रहको आठौं दिन सोमबार सोमबार डा. केसी नेपालगञ्जकै भेरी अस्पतालमा रहने उनका सहयोगीले बताएका छन् । केसीले काठमाडौं पुगेर पनि सत्याग्रह जारी राख्ने बताएका छन् ।

चिकित्सा शिक्षामा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु तत्काल सञ्चालन गरिनुपर्ने माग राखी चन्दननाथ– ६ रानीचौरस्थित बाविरामष्टको मन्दिरमा अनसनरत डा.गोविन्द केसीलाई शनिबार राति प्रहरीले जर्बजस्ती अस्पताल पुर्‍याएको थियो । आफूलाई जर्बजस्ती अपहरण शैलीमा ल्याइएको भन्दै केसीले कुनै पनि उपचार लिन मानेका थिएनन् ।

यो पनि :-

डा. केसीको १९ औँ सत्याग्रह जुम्लामा शुरु

प्रकाशित : असोज ५, २०७७

प्रतिक्रिया दिनुहोस्