प्रदेश २ मा ७६ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु



जनकपुरधाम : प्रदेश २ मा २ कोरोना संक्रमितको मृत्यु भएको छ भने ७६ जना नयाँ संक्रमित थपिएका छन् ।

सप्तरीको विष्णुपुर गाउँपालिका ३ की ६२ वर्षीया महिला र सोही गाउँपालिका १ का ५५ वर्षीय पुरुष गरी २ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो ।

सोमबार प्रदेशका विभिन्न जिल्लामा ७६ जना नयाँ संक्रमित थपिएका छन् । महोत्तरीमा १४, रौतहटका २६, सर्लाहीका ७ , बाराका २, पर्साका १, सप्तरीका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा सोमबारसम्म कुल संक्रमितको संख्या १३ हजार २२ पुगेको छ । तीमध्ये १२२ जनाको मृत्यु भएको छ भने ७ हजार ९३ जना कोरोनामुक्त भएको मन्त्रालयले पुष्टि गरेको छ ।

प्रकाशितः ५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्