फेवातालमा अलपत्र २ जनाको सकुशल उद्धार



पोखरा : कास्की जिल्लाको पोखरा महानगरपालिका ६ स्थित फेवातालकोबीच भागमा हावाहुरीको कारण अलपत्र परेका २ जनाको एपीएफ टोलीले सकुशल उद्धार गरेको छ ।

सोही महानगरपालिकाको वडा नं २२ बस्ने ३० वर्षिय हर्कबहादुर विक र ३५ वर्षिय सुरेन्द्र गुरुङ्ग चढेको डुङ्गा हावाहुरीको कारण उक्त तालकोबीच भागमा अलपत्र परेका थिए ।

सोबारे जानकारी पाउना साथै सशस्त्र प्रहरी बल, नेपाल नं.२४ गण कालिका पोखराबाट फेवाताल रेस्क्यु टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको तत्कालै उद्वार गरेको हो ।

प्रकाशितः ५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्