विदेशमाअलपत्र नेपाली नागरिकको उद्धारका लागि नियमित उडान संख्या बढाउन सरकारलाई सुझाव



काठमाडौं– विभिन्न देशका राजदूतहरुले कोरोना संक्रमणको जोखिमका कारण विभिन्न देशमा अलपत्र नेपाली नागरिकहरुको उद्धारका लागि नियमित उडान संख्या बढाउन सरकारलाई सुझाव दिएका छन्।

कोरोना संक्रमणका कारण उडान बन्द हुँदा नेपाल आउन नपाएका, रोजगारी गुमाएका र भिसा अवधि सकिएका हजारौँ नेपालीहरु फर्किन तयार रहेकाले उडानको संख्या बढाउनुपर्ने सुझाव राजदूतहरुको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको भर्चुअल छलफलमा राजदूतहरुले विदेशमा नेपाली कामदारहरुको अवस्थाका विषयमा समेत जानकारी गराएका छन् ।

मलेशियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले ११ हजार बढी नेपाली श्रमिक स्वदेश फर्किएपनि अझै करिब ८ हजार फर्किने तयारीमा रहेको बताउनुभयो । स्वदेश फर्किन नाम दर्ता गराएका बाहेक हरेक दिन ३ सय नेपालीहरुको भिसा अवधि सकिने गरेको उनले बताए ।

दशैँ तिहारको समय नजिकिँदै गर्दा चाप बढ्न सक्ने भएकाले एक हप्तामा १६ वटा नियमित उडान आवश्यक पर्ने उनको भनाई छ । उनले कल्याणकारी कोषबाट उद्धार गर्ने नीति सरकारले लिएपनि व्यवहारिक हुन नसकेको बताउनुभयो । अव्यवहारिक निर्देशिका अनुसार समस्यामा परेका नागरिकहरु घर फर्किन नपाएको उनले बताए ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्वदेश फर्किन चाहाने नेपालीहरुको संख्या धेरै नभएपनि समस्यामा परेकाहरुलाई पूर्ण रुपमा पीसीआर परीक्षण गरी पठाउने गरिएको बताए । करिब १४ सय जना अहिलेसम्म नेपाल फिर्ता भएको उल्लेख गर्दै उनले सकेसम्म निरोगी व्यक्तिहरुलाई आफ्नो देश फर्काउनुपर्ने नीति अनुसार पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई स्वदेश फर्काउने गरिएको बताए । कुबेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले कुवेतमा ७० हजार कामदार रहेकोमा कोभिडका कारण ९ हजार २ सय बढीले स्वदेश फर्किनका लागि नाम दर्ता गराएका बताए ।

अहिलेसम्म करिब ५४ सय जना नेपाली स्वदेश फर्किको उनले बताए ।

कतारका लागि नेपाली राजदूत डा. नारद नाथ भारद्वाजले कतारमा सीप नभएका अदक्ष कामदारहरुले समस्या भोगिरहेको बताए । उनले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई तत्काल उद्धार गर्न नसके समस्या उत्पन्न हुन सक्ने बताए । २० हजार बढीले स्वदेश फर्किनका लागि नाम दर्ता गराएको उल्ल्ेख गर्दै उहाँले अझै प्रतिदिन १ सय ५०ले बढेको उनले बताए । दैनिक ४ वटा उडान गर्न नसके अहिले कतारमा थन्किएका १६ हजार बढी र चाडबाँडको समयमा फर्किन चाहानेहरु समेत समस्यामा पर्ने उनले बताए ।

साउदी अरेबियाका लागि नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले २८ हजार बढीले स्वदेश फर्किन निवेदन दिएपनि १० हजारलाई मात्रै पठाउन सकिएको बताए । उडानका लागि नेपालका सम्बन्धित अधिकारीहरुले आवश्यक समन्वय नगर्दा समस्या उत्पन्न हुने गरेको बताए । स्वदेश फर्किन विमानस्थल पुगेका नागरिकहरुलाई अन्तिम समयमा आएर काठमाडौंबाट उडान स्थगित भएको भन्ने जानकारी आउँदा समस्या हुने गरेको उनले बताए ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले कोभिड—१९ क्राईसिस म्यानेजमेन्ट सेन्टरको निर्णअनुसार चार्टर्ड उडान मार्फत नेपालीहरुलाई स्वदेश फर्काउने गरिएको बताउनुभयो । अहिलेसम्म ११ सयलाई स्वदेश फर्काइएको उल्लेख गर्दै उहाँले दशैको समयमा चाप बढ्न सक्ने बताए ।

राजदूतहरुले इलिगल कामहरु बढी समस्यामा पर्ने गरेको बताएका छन । नेपालमा नै सम्बन्धि देशहरुसँगको श्रम सम्झौता अनुसार नेपालमा नै सीप सिकाएर पठाउनुपर्नेमा उनीहरुले जोड दिएका छन । विशेष गरी घरेलु कामदारहरुलाई आफु जाने देशको प्रचलित कानून र भाषाको ज्ञान नहुँदा पनि समस्या हुने गरेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : कोरोना महामारीका बेला सांसदहरुले दशैं भत्ता लिएको भन्दै आलोचना र विरोध सुरु हुन

कैलाली– कैलालीमा नेपाल प्रहरीका असई गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संग्लन आरोपमा पक्राउ

काठमाडौं : विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुने भएको छ । दुवै दलले

काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजनाअन्तर्गतका आयोजनाहरु कार्यान्वयन गर्नुपर्ने बेला

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) को संघिय परिषद अध्यक्षमा चयन

काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टीकी नेतृ एवं प्रतिनिधिसभा सदस्य राम कुमारी झाँक्रीले सरकार के को लागि

काठमाडौं– कोभिड १९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुुपर्ने कांग्रेस नेताहरुले

काठमाडौं– कोभिड संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्य वस्तु कम खान पोषणविद् डा. मनसा

काठमाडौं : हेलीको पुछ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणलाई अति आवश्यक नभई घरबाहिर ननिस्कन अपिल गरेको छ। सहायक

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले महामारीका बेला नागरिकलाई समान रुपमा उपचार

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य गगन थापाले संसदबाट भागेको सरकारलाई