वीच्याट डाउनलोड प्रतिबन्ध गर्ने अमेरिकी प्रयास न्यायाधीशद्वारा रोक



काठमाडौंः सन्देश आदानप्रदान तथा भुक्तानीका लागि प्रयोग गरिने चिनियाँ एप वीच्याटमाथि प्रतिबन्ध लगाउने अमेरिकी सरकारको प्रयासलाई एक न्यायाधीशले विफल पारिदिएकी छन् ।

अमेरिकी म्याजिस्ट्रेट न्यायाधीश लरेल बीलरले उक्त प्रतिबन्धले वाक स्वतन्त्रताको प्रत्याभूति दिलाएको संविधानको पहिलो संशोधनसँग सम्बन्धित विषयहरूबारे गम्भीर प्रश्न उत्पन्न भएको बताएकी छन् ।

अमेरिकाको वाणिज्य मन्त्रालयले आइतबारबाट त्यहाँको एप स्टोरमा वीच्याटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । ट्रम्प प्रशासनले उक्त एपले आफ्नो देशको राष्ट्रिय सुरक्षामा खतरा पारेको आरोप लगाएको छ ।

वीच्याटले प्रयोगकर्ताहरूको डेटा चिनियाँ सरकारलाई उपलब्ध गराउन उसको भनाइ छ । तर चीन र वीच्याट दुवैले उक्त दाबीको खण्डन गरेका छन् । वीच्याट बनाउने कम्पनी टेन्सेन्टले यसअघि अमेरिकी प्रतिबन्धलाई “दुर्भाग्यपूर्ण“ भनेको थियो ।

प्रतिबन्ध गरिने सूचीमा रहेको अर्को चिनियाँ एप टिकटक र अमेरिकी कम्पनी ओरकल अनि वाल्मार्टसँग अमेरिकामा सञ्चालनका लागि सम्झौता भएको केही समयपछि अदालतको त्यस्तो फैसला आएको हो ।

अमेरिकी वाणिज्यमन्त्रीले एउटा विज्ञप्तिमा उक्त एपमाथि प्रतिबन्ध लगाउने निर्णय चीनद्वारा अमेरिकी नागरिकहरूको “व्यक्तिगत डेटा“ संकलनसँग जुझ्नका लागि गरिएको उल्लेख गरेका छन् । मन्त्रालयका अनुसार वीच्याटले “नेटवर्क गतिविधि, स्थान र ब्राउजिङ तथा सर्च हिस्ट्री जस्ता विभिन्न किसिमका डेटा“ संकलन गर्ने गरेको छ ।

मन्त्रालयको शुक्रबारको विज्ञप्तिमा चीनको सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीले “राष्ट्रिय सुरक्षा, विदेशनीति र अमेरिकी अर्थतन्त्रमा खतरा पार्न यी एपहरूको प्रयोग गर्ने माध्यम र अभिप्राय प्रदर्शन गरेको“ उल्लेख छ । वीच्याटको सञ्चालक टेन्सेन्टले भने आफ्नो एपमा आदानप्रदान गरिने सन्देश गोप्य रहने बताएको छ ।

वीच्याटको स्थापना सन् २०११ मा भएको हो। यसलाई विभिन्न रूपमा प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताहरूले एपबाट कुराकानी गर्नका साथै मोबाइलबाटै भुक्तानी दिन र अन्य स्थानीय सेवा प्रयोग गर्न सक्छन् । चीनमा यसलाई “एप फर एभ्रीथिङ“का रूपमा व्याख्या गरिएको छ र यसका एक अर्बभन्दा बढी मासिक प्रयोगकर्ता छन् ।

अन्य चिनियाँ सामाजिक सञ्जाल जस्तै वीच्याटले पनि चीन सरकारले गैरकानुनी मान्ने सामग्रीलाई सेन्सर गर्नुपर्ने हुन्छ । मार्च महिनामा प्रकाशित एउटा रिपोर्टमा वीच्याटले जनावरी १ तारिखबाटै कोरोनाभाइरस महामारीबारे ‘कीवर्ड’ हरू सेन्सर गरेको उल्लेख गरिएको छ ।

तर वीच्याटले भने ’इ्नक्रिप्शन’को अर्थ अरूले कसैको सन्देश ‘हेर्न नसक्ने’ शब्द, अडिओ र तस्बिर जस्ता सामग्री आफूहरूको सर्भरमा नबस्ने अनि एक पटक प्रापकले पढिसकेपछि ती सबै सामग्री मेटिने बताएको छ ।

प्रकाशितः ५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : कोरोना महामारीका बेला सांसदहरुले दशैं भत्ता लिएको भन्दै आलोचना र विरोध सुरु हुन

कैलाली– कैलालीमा नेपाल प्रहरीका असई गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संग्लन आरोपमा पक्राउ

काठमाडौं : विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुने भएको छ । दुवै दलले

काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजनाअन्तर्गतका आयोजनाहरु कार्यान्वयन गर्नुपर्ने बेला

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) को संघिय परिषद अध्यक्षमा चयन

काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टीकी नेतृ एवं प्रतिनिधिसभा सदस्य राम कुमारी झाँक्रीले सरकार के को लागि

काठमाडौं– कोभिड १९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुुपर्ने कांग्रेस नेताहरुले

काठमाडौं– कोभिड संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्य वस्तु कम खान पोषणविद् डा. मनसा

काठमाडौं : हेलीको पुछ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणलाई अति आवश्यक नभई घरबाहिर ननिस्कन अपिल गरेको छ। सहायक

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले महामारीका बेला नागरिकलाई समान रुपमा उपचार

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य गगन थापाले संसदबाट भागेको सरकारलाई