कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक



काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक असोज अन्तिम साता बोलाएको छ ।

कांग्रेसले असोज १९ गते दिउँसो २ बजे बी.पी. स्मृति भवन ललितपुरमा बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

असोज २९ गते बस्ने बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल उनले बताए ।

सोमबार विज्ञप्ति जारी गर्दै उनले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका हुने बताएका छन् ।

पौडेलले कोभिड–१९ को महामारीका कारण बैठक अगाडि बैठकमा सहभागी हुने पार्टीका केन्द्रीय सबै र केन्द्रीय कार्यालयका कर्मचारीको पीसीआर परीक्षण गराउने भएको छ ।

असोज १५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर अनिवार्य पीसीआर टेस्टका लागि स्वाब दिनुपर्ने छ ।

प्रकाशित : असोज ६, २०७७

प्रतिक्रिया दिनुहोस्