आईपीएल : आरसीबीसँग हैदराबाद १० रनले पराजित



काठमाडौं : रोयल च्यालेन्जर्स बेङ्गलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा विजयी सुरुवात गरेको छ ।

सोमबार भएको खेलमा बेङ्गलोरले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

बेङ्गलोरले दिएको १६४ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो ।

ओपनर जोनी बेयर्‍स्टोले अर्धशतक प्रहार गरेपछि मिडल अर्डरका खेलाडी लगातार आउट हुँदा हैदरावाद जितसम्म पुग्न सकेन । बेयर्‍स्टोले सर्वाधिक ६१ रन बनाउँदा मनिस पाण्डेले ३४ र प्रियम गर्गले १२ रन जोडे । बाँकी खेलाडी दोहोरो अंक नजोडी आउट भए ।

बेङ्गलोरका लागि युजभेन्द्र चाहलले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । यस्तै शिवम दुबे र नवदीप सैनीले २–२ विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । बेङ्गलोरका लागि युवा ओपनर देबदत्त पाडिक्कल र एबी डे भिलियर्सले अर्धशतक प्रहार गरे ।

पाडिक्कलले ४२ बल खेल्दा ८ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाए । यस्तै डे भिलियसर्सले ३० बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५१ रन बनाए ।

यस्तै आरोन फिन्चले २९ र कप्तान विराट कोहलीले १४ रन जोडे । हैदरावादका लागि टि नटराजन, अभिषेक शर्मा र विजय शंकरले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– देशभर पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम

काठममाडौं : सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ। आज सरकार प्रवक्ता पार्वत गुरूङले गत कात्तिक

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित गर्दै आएको कोरोनासम्बन्धी मिडिया ब्रिफिङ भोलि (फूलपाति) देखि

काठमाडौं : पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई

काठमाडौं– काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्ध रुपमा अगाडी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख

काठमाडौं– मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले

काठमाडौं– मुलुकका शक्तिपीठमा कोभिड–१९ कारण यस पटक पशुबलि निकै कम हुने भएको छ । कोरोनाको

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई नभटेको सचिवालयले जनाएको छ।

पर्सा– भारत सरकारले कोरोनाभाइरस महामारी रोकथाम तथा नियनत्रणको लागि बन्द गरेको नेपाल-भारत सीमानाकाहरु खोलेको छ

काठमाडौं : कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय

काठमाडौं : राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एण्ड सेक्युरिटीलाई दिने