नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा (सूचिसहित)



काठमाडौं : नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको असोज ५ गतेको अनुसार प्रहरी निरीक्षकहरुको सरुवा भएको हो ।

यसअघिका आईजीपी ठाकुर ज्ञवालीकै पालामा प्रहरी निरीक्षक सरुवा गर्ने तयारी गरिए पनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय, नक्सालबीच मतभेद हुँदा रोकिएको थियो । थापाको समयमा पनि तीव्र दबाबका कारण लामो समय रोकिएको निरीक्षकको सरुवा सोमबार भएको हो ।

सरुवा सूची अनुसार महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठमा राजकुमार तामाङ, साँखु प्रभागमा जानुका देवी खरेल, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा चन्द्रकिशोर शाह र इलाका प्रहरी कार्यालय खानीखोलामा रुपा थापा पठाइएका छन् ।

यसैगरी इलाका प्रहरी कार्यालय रसुवामा केदार बस्नेत, वडा प्रहरी कार्यालय नेपालगञ्जमा डिल्लीबहादुर खड्का, इलाका प्रहरी कार्यालय आबुखैरेनीमा विकास थापालाई प्रहरी प्रधान कार्यालयले पठाएको छ ।

सूचि हेर्न तलको लिंक क्लिक गर्नुहोस्

https://drive.google.com/file/d/1TyFL6scYmzAA8VID7wVXEEEeNud2b6Qb/preview

प्रकाशित : असोज ६, २०७७

प्रतिक्रिया दिनुहोस्