रक्तचन्दन कारोबार गर्ने चार जना पक्राउ



काठमाडौं : प्रहरी २१ केजी अवैध रक्तचन्दनको दुई वटा मुडा बरामद गरेको छ भने चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका–५ ठण्डापानि घर भई हाल काठमाडौं–६ बौद्ध तिनचुले बस्ने वर्ष १८ का सुनिल तामाङ, नुवाकोट म्याजम गाउँपालिका–५ घर भई हाल सोही वडा बस्ने वर्ष २८ का ओम बहादुर तामाङ र सिन्धुपाचोक हेलम्बु गाउँपालिका–६ घर भई हाल बौद्ध तिनचुले बस्ने वर्ष ४२ को लाक्पा लामा र काभ्रे तिमाल गाउँपालिका–८ घर भई हाल ललितपुर पाटन बस्ने वर्ष २९ को कर्नेस तामाङ रहेका छन् ।

अवैध रक्तचन्दनको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधार महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले काठमाडौं ६ बौद्ध तीनचुले बुद्धभुमि टोलमा रहेको डमरु फर्निचर कारखानामा खानतलासी गर्दा २१ केजी रक्तचन्दको दुई वटा मुडा बरामद गरेको हो ।

यसैगरी प्रहरीले उनीहरुको साथबाट एक लाख ८६ हजार १५० रुपैयाँ समेत बरामद गरेको छ ।

प्रकाशित : असोज ६, २०७७

प्रतिक्रिया दिनुहोस्