नेकपा सचिवालय बैठक शुरु



काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवातारमा शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिका लागि अपनाइने मापदण्डबारे छलफल हुने बताइएको छ ।

पार्टीको सांगठनिक कामबारे पनि छलफल हुनसक्ने एक सचिवालय सदस्यले जानकारी दिएका छन् । यसअघि आइतबार पेरिस डाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनको मापदण्डबारे छलफल भएको थियो ।

प्रकाशितः ६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्