९ किलो चरेशसहित २ जना पक्राउ



रोल्पाः रोल्पामा चरेशसहित दुई महिला पक्राउ परेका छन् ।

रोल्पाको थवाङ गाउँपालिका वडा नं.२ ठूलो गाउँका ३६ वर्षीया विन ज्योति रोका र सोही ठाउँकी ४५ वर्षीया मुली झाँक्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ९ किलो ८२ ग्राम चरेश बरामद भएको रोल्पा जिल्लाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए । उनीहरूलाई सोमबार बेलुकी गाउँपालिका वडा नं.२ छेर्लावाङबाट नियन्त्रयणमा लिएको खड्काले बताए ।

‘लागुऔषध ओसारपसार भइहेको भन्ने गोप्य सूचनाको आधारमा मेरै कमाण्डमा प्रहरी टोली खटिएको थियो,’ खड्काले भने ‘ टेर्लावाङको गोरेटो बाटोमा उहाँहरूले बोकेको झोला खान तलास गर्ने क्रममा उक्त परिमानमा चरेश बरामद भएको हो ।’ रोकाले बोकेको झोलामा पोकापारी बाँधेको अवस्थामा ६ पोका प्लाष्टिकमा फेला परेको अफिम तौल गर्दा ४ किलो ९३५ किलोग्राम फेला परेको थियो ।

त्यस्तै, झाँक्रीको झोलाबाट प्लाष्टिकमा पोको पारी राखेको ६ पोका अफिम बरामद भएको र त्यसको तौल गर्दा ४ किलो ८८५ ग्राम तौल रहेको जिल्ला प्रहरी प्रवक्ता खड्काले बताए ।

उनीहरूको साथबाट तराजु र केही सिक्कासमेत बरामद भएको उनले जानकारी दिए । उनीहरुको बारेमा आवश्यक अनुसन्धान भइरहेको र लागुऔषध कारोबार सम्बन्धी मुद्दा चलाएर कारबाही गरिने प्रहरी निरीक्षक खड्काले बताए ।

प्रकाशितः ६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्