रक्तचन्दनको कारोबार गर्ने ४ जना पक्राउ



काठमाडौं : बौद्ध तीनचुलीबाट रक्तचन्दनको कारोबार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

रक्तचन्दनको कारोबार भैरहेको भन्ने सुचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका-५ ठण्डापानी घर भई काठमाडौंको बौद्ध तीनचुली बस्ने २८ वर्षीय ओम बहादुर तामाङ, १८ वर्षीय किशोर, काभ्रे तिमाल गाउँपालिका-८ घर भई ललितपुर पाटन बस्ने २९ वर्षीय कर्नेस तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-६ घर भई बौद्ध तीनचुली बस्ने ४२ वर्षीय लाक्पा लामा रहेका छन् ।

प्रहरीले बौद्ध तीनचुलीस्थित डमरु फर्निचर कारखानाभित्र रहेको सुनिल तामाङको कोठामा बिक्री गर्ने उद्देश्यले राखेको २१ केजी रक्तचन्दन जस्तो देखिने करिब १ लाख ८६ हजार एक सय ५० रुपैयाँ मुल्य बराबरको २ वटा मुडा बरामद गरेको छ ।

रक्तचन्दन आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशितः ६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्