संवैधानिक निकायमा पदपूर्ति गर्न सरकारलाई आग्रह



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संवैधानिक निकायहरुमा रिक्त पदपूर्ति चाँडै गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न नेकपा सचिवालयको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो । साथै परिषद्को बैठक राखेर पदपूर्ति प्रक्रिया अगाडि बढाउन सबैलाई आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले पार्टीको सांगठनिक एकताका बाँकी कामलाई पूरा गर्न आवश्यक प्रस्ताव ल्याउन पार्टी अध्यक्षद्वय र महासचिवलाई १० दिनको समय दिएको छ । प्रस्ताव आएपछि सचिवालय बैठकमा छलफल हुनेछ ।

बैठकमा मन्त्रिपरिषद्को पुुनर्गठनको मापदण्डबारे छलफल हुने भनिए पनि त्यसउपर भने कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्