प्रभु बैंकको ऋणपत्र सूचीकृत



काठमाडौं : प्रभु बैंकको २० लाख कित्ता ऋणपत्र मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्ने छन् । नेप्से र कम्पनीबीच ऋणपत्र सूचीकरण सम्झौता भएको दोस्रो दिनदेखि नेप्सेमा १००० प्रभु बैंक ऋणपत्र-२०८४ को नामबाट दोस्रो बजारमा कारोबार हुने कम्पनीले बताएको छ ।

प्रकाशितः ६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्