उपत्यकामा ६४७ सहित देशभर १३५६ कोराेना संक्रमित थपिए



काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १८ हजार १ सय ४२ रहेको छ ।

कोरोना भाइरस संक्रमण निको भएर पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् भने कोराेना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या ४८ हजार ०६१ रहेको छ ।

त्यस्तै उपत्यकामा मात्र ६४७ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना संक्रमित भेटिएका छन् ।

आइसीयूमा २२३ र भेन्टिलेटरमा ३७ जनाको उपचार भइरहेको छ । मंगलबार थप २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।

कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १-४३९७
प्रदेश २-१२४७६
बाग्मती प्रदेशमा-११८५४
गण्डकी प्रदेशमा-२८१९
प्रदेश ५मा-७४७७
कर्णाली प्रदेशमा-२७४९
सुदूरपश्चिम प्रदेशमा-६२५४
प्रकाशित : ६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्