६० वर्षमाथिका र दीर्घ रोगलाई घरबाहिर ननिस्कन मन्त्रालयको आग्रह



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष पुगेका र दीर्घ रोगी भएकाहरुलाई अत्यावश्यकबाहेक घरबाहिर नजान आग्रह गरेको छ ।

जानै परेमा स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गरेको हहो । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालय चिन्तित बनेको छ ।

कोरोना संक्रमणको जोखिम घना बस्तीहरुमा अझै कायमै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्रा डा. जागेश्वर गौतमले बताए । उनका अनुसार काठमाडौं उपत्यकामा स्वास्थ्यकर्मी र चिकित्सकहरुमा कोरोना संक्रमण बढिरहेको हुँदा विस्तारै स्वास्थ्य सेवा दिनसमेत अप्ठ्यारो हुने अवस्था आउन सक्ने देखिन्छ ।

उनलेभने, “अहिले चिकित्सक र स्वास्थ्यकर्मीहरु संक्रमित भए पनि कोरोना संक्रमितको व्यवस्थापन भइरहेको छ । तर अहिलेकै गतिमा स्वास्थ्यकर्मीहरु संक्रमित भएमा सेवा प्रवाहमा अभाव हुने अवस्था आउन सक्छ ।”

प्रकाशित :६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्