जिल्ला प्रशासनको नियमित सेवा प्रारम्भ



जनकपुरधामः जिल्ला प्रशासन कार्यालयले आफ्नो नियमित सेवा आज (मंगलबार) देखि प्रारम्भ गरेको छ ।

कोरोना संक्रमणको प्रभावकारी रोकथाम एवं नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाबाट स्थगित गरिएका नियमित सेवाहरु सामाजिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्डहरु अपनाएर सेवा प्रवाहको ढाँचा भने परिवर्तन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले लामो समय पश्चात सक्कल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र राहदानी वितरण गर्ने कार्यको शुरुवात गरेको प्रशासकिय अधिकृत गणेश मिश्रले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय धनुषाले आईतबार हंसपुर नगरपालिका, धनुषाधाम नगरपालिका र विदेह नगरपालिका, सोमबार नगराईन नगरपालिका, सबैला नगरपालिका र गणेशमान चारनाथ नगरपालिका, मंगलबार जनकपुरधाम उपमहानगरपालिका, मिथिला बिहारी नगरपालिका र क्षीरेश्वरनाथ नगरपालिका, बुधबार जनकनन्दनी गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र औरही गाउँपालिका, बिहीबार मिथिला नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र बटेश्वर गाउँपालिका तथा शुक्रबार कमला नगरपालिका, धनौजी गाउँपालिका र शहिदनगर नगरपालिकाका सेवाग्राहीहरुलाई सक्कल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र राहदानी वितरण गर्ने जनाएको छ ।

त्यस्तै, आईतबारदेखि बुधबारसम्म संघ संस्था दर्ता तथा नविकरण एवं बिहीबार र शुक्रबार पत्रपत्रिका-छापाखाना दर्ता तथा विधान संशोधन सम्बन्धी कार्यहरु गरिने जनाइएको छ ।

प्रकाशितः ६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्