पुरुषले जान्नै पर्ने, महिलालाई कस्तो बानी मन पदैन् !



यदि तपाई कुनै महिललाई मन पराउनुहुन्छ र प्रपोजको सोच बनाइरहनु भएको छ भने यो खबर तपाईको लागि हो । महिलाको मन जित्न पुरुषलाई जति सहज लाग्छ त्यत्ति सहज भने छैन् । कस्तो पुरुष महिललाई मन पर्दैनन्, आउनुहोस् जानौं–

आफ्नै तारिफ गर्ने पुरुष– महिला यस्ता पुरुषलाई फिटिक्कै मन पराउँदैनन् जो आफ्नो तारिफ गर्छन् । यस्ता पुरुषबाट महिला टाढा भाग्छन् ।

फ्लर्ट गर्ने पुरुष– पुरुषमा फ्लर्ट गर्ने बानी सामान्य हुन्छ । यस्ता पुरुष जो सुकै महिलालाई देखेर उनीहरुसँग फ्लर्ट गर्न सुरु गर्छन् । यस्ता पुरुषबाट पनि महिला टाढा हुन्छन् ।

सधैं प्रश्न गर्ने पुरुष– पुरुषहरु आफ्ना प्रेमिकाप्रति निकै पोजेसिव भएको हामीले देखेका छौं । प्रेमिका कहिले कतिबजे कहाँ गइरहेका छन् उनीहरुलाई हरेक कुराको जानकारी चाहिन्छ । यस्ता प्रतिबन्ध लगाउने पुरुष पनि महिलालाई मनपर्दैैन ।

पुरुष मित्रसँग ईष्या गर्ने पुरुष– धेरैजसो पुरुषलाई आफ्नी प्रेमिकाका पुरुष साथीहरु मन पर्दैन । ती महिला आफ्ना प्रेमीका लागि जतिसुकै इमान्दार किन नहोस् शंका गर्न छाड्दैनन् । प्रेमिकाको पुरुष साथीसँग जहिले पनि पुरुषले ईष्र्या नै गरेका हुन्छन् । यस्ता पुरुष महिललाई मन पर्दैन् ।

केयर नगर्ने पुरुष– महिलालाई केयर गर्ने पुरुष निकै मनपर्छ । पुरुषको केयरिङ स्वभावले महिलालाई उनीहरुतर्फ आकर्षित गराउँछ । यसको विपरित यदि कोही पुरुषले उनीहरुको मेसेज र कललाई नजरअन्दाज गरेर त्यसको जवाफ दिएनन् भने यस्ता पुरुष महिलालाई मन पर्दैन । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्