डा.केसी शिक्षण अस्पताल भर्ना, अनशनलाई त्यहीँबाट निरन्तरता दिने



काठमाडौं : अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा.गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन् ।

त्रिभुवन विमानस्थलबाट प्रहरीले जबर्जस्ती राष्ट्रिय ट्रमा सेन्टर लगे पनि उनी मंगलबार साँझ त्यहाँबाट बाहिरिएका हुन् । केसीका सहयोगी डा.प्रविण गिरीले केसीले ट्रमा सेन्टरमा बस्न नमानेपछि बाहिर निस्कन दिएको बताए ।

केसी त्रिवि शिक्षण अस्पतालतर्फ गएका छन् । उनी शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् । अब त्यहीँबाट अनशनलाई निरन्तरता दिने जनाइएको छ । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै केसी भदौ २९ गते जुम्लामा अनशन बसेका थिए । सोमबार जुम्लाबाट नेपालगञ्ज आई बसेका उनी मंगलबार काठमाडौं आएका थिए ।

प्रकाशित : ६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्