श्रीमान-श्रीमती कसरी सुत्ने ? के भन्छ वास्तुशास्त्र !



दम्पतीबिचको सम्बन्ध प्रगाढ नहुनुको कारणहरू धेरै हुनसक्छन् । वास्तुशास्त्रमा पनि यस्तो कारणबारे व्याख्या गरेको छ । दम्पतीबिचमा मात्र नभएर परिवार, समाज र आफन्तहरुबिचमा पनि सण्म्बन्ध राम्रो हुन सक्दैन् । शास्त्रमा उल्लेख भएअनुसार सुत्ने कोठाको बारेमा केहि नियमको पालना गरेमा यस्ता समस्या हल भएर जानेछ ।

बेडरुम– सम्बन्ध राम्रो बनाउनको लागी बेडरुम दक्षिण पश्चिम वा उत्तर पश्चिम दिशातर्फ हुनुपर्दछ । यदि तपाईको उक्त दिशामा बेडरुम छैन् भने यहि कारणले पनि सम्बन्ध बिग्रिएको हुनसक्दछ । त्यसैले यसतर्फ ध्यान दिनुहोस्, तर उत्तर पूर्व वा दक्षिण पूर्व दिशामा रहेको कोठोलाई भने बेडरुम नबनाउनु होला ।

सुत्ने दिशा– कोठा छनोट गरेसगैं कुन दिशामा फर्केर सुत्ने भन्ने पनि एक महत्वपूर्ण कुरा हो । विवाहित जोडिहरूले जहिले पनि दक्षिण तर्फ टाउँको देखाएर सुत्नुपर्दछ किनकि दक्षिणतर्फ टाउँको देखाई सुत्नाले यसतर्फबाट सकारात्मक चुम्बकीय उर्जा पाइन्छ । जसबाट निन्दा, उर्जा, रक्तसञ्चारमा कुनैपनि किसिमको असर पुग्दैन् ।

ऐना– बेडरुमको ठिक अगाडी वास्तुशास्त्रमा ऐना राख्न नहुने कुरा बताइएको छ । यदि सुत्ने कोठाको बेडको अगाडी ऐना छ भने प्रतिबिम्ब देखिने कारणले यसले असर गर्दछ । जसको कारण दम्पतीमा धेरै समस्या उत्पन्न हुनसक्छ ।

बेड- सुत्ने बेड कहिले पनि मेटल वा फलामबाट बनेको हुनु हदैन् । यदि यस्तो बेडमा सुतेमा दम्पती बिच तनाव सिर्जना हुनसक्छ तसर्थ काठको बेडको प्रयोग गर्नुपर्दछ, जुन सहि आकारको हुन पनि जरुरी छ ।

सुत्ने कोठाको रंग– कोठाको रंगले पनि दम्पतीमा असर गर्ने कुरा वास्तु शाठस्त्रले बताएको छ । बेडरुममा सधैं हल्का रंगको प्रयोग गर्नुहोस् । जस्तैः हल्का निलो, हरियो वा गुलाबी रंग ।

कता सुत्ने– दम्पती आफू जता मनलाग्यो त्यतै साइडमा सल्लाह गरेर सुत्ने गर्दछन् । तर श्रीमती जहिले पनि बायाँ साइडमा सुत्ने गर्नुपर्दछ भने श्रीमान् दाया साइडमा सुत्नुपर्दछ । यसले दुईजनाको सम्बन्धलाई समुधुर बनाउँछ ।

डस्ना– अंधिकाश दम्पतीको दुईवटा डस्नाको प्रयोग गर्ने बानी हुन्छ । एउटा बेडमा एउटा मात्र डस्ना प्रयोग गर्नुपर्ने बताइएको छ । यसो गर्नाले विवाहित जोडिमा स’कारात्मक उर्जा ल्याई सम्बन्ध प्रगाढ बनाइदिन्छ ।

प्रतिक्रिया दिनुहोस्