सर्वोच्चले माग्यो राष्ट्र बैंकसँग लिखित जवाफ



काठमाडौं– सर्वोच्च अदालतले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक र उद्योगले आफ्नो खुद नाफाको एक प्रतिशत रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा राख्नुपर्नाको कारणबारे लिखित जवाफ माग गरेको छ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सोमबार जारी गरेको आदेशमा नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत कोरोना कोषमा पैसा राख्नु भन्नुको कारण १५ दिनभित्र लिखित रुपमा पेश गर्न आदेश जारी गरेको हो।

नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई विपक्षी बनाई अधिवक्ता शशी वस्नेतले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा बैंक तथा उद्योगको खुद मुनाफाको गतवर्षको सामाजिक उत्तरदायित्वको रकम अहिले आएर माग्नु कानून विपरीत भएकोले सो निर्णय रोक्न माग गरिएको थियो।

रिटमा भुतकालको समयका रकम माग्नु कानुनविपरीत भएको र आर्थिक संकलन गर्नु पर्ने भएमा अरु उपायहरु अपनाउनुपर्ने साथै सामाजिक उत्तरदायित्वका लागि खर्च गर्नुपर्ने पैसा कोरोना कोषमा हाल्नुपर्ने बाध्यकारी निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको थियो। नेपाल राष्ट्र बैंकले कोरोना कोषमा पैसा राख्नु भनेर गत साउनमा बैंक र लघुवित्तलाई पत्राचार गरेको थियो।

अदालतले सामाजिक उत्तरदायित्वको रकम खर्च गर्नुपर्ने एकीकृत कानुन बनाउनुपर्ने वा नपर्ने, सामाजिक उत्तरदायित्वको पैसा कहाँ, कुन कुन क्षेत्रमा खर्च गर्नुपर्ने भन्ने विषयमा अध्ययन गरेर तीन महिनाभित्र अदालतमा प्रतिवेदन पेश गर्न भनेको छ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा मुम्बई इण्डियन्सले शानदार जित हात पारेको छ

धरान : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको

मुस्ताङ : हिमालपारीको जिल्ला मुस्ताङमा अत्यावश्यक कामबाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ

काठमाडौं : यस वर्षको बडा दशैं आज (शनिबार) देखि औचारिक रुपमा समापन भएको छ ।दशमीको

धनगढी– कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान

काठमाडौं : काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा २४ वर्षीय युवकको मृत्यु भएको छ

काठमाडौं– यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा

चितवन : चितवन मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

काठमाडौं : कोरोना संक्रमणका कारण काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको मृत्यु भएको छ।काभ्रे पोस्टका प्रधान सम्पादक

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सिडिओ

पर्सा– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले गरेको भ्रष्टाचार र अनियमिताको विरुद्धमा स्थानिय युवा द्धारा सार्वजनिक

काठमाडौं– गत शनिबार तोडफोड गरिएको मस्जिद पूर्ननिर्माणमा वाडध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका