रिया चक्रवर्ती ६ अक्टूबरसम्म हिरासत बस्नुपर्ने, दीया मिर्जाद्वारा लागूपदार्थ सेवन गर्ने गरेको अस्वीकार



नयाँ दिल्ली– विशेष एनडीपीएस अदालतले रिया चक्रवर्तीको न्यायिक हिरासत ६ अक्टूबरसम्म पु¥याएको छ । रिया र उनको भाइ शौविकले मुम्बार्ई उच्च अदालतमा धरौटीमा रिहाको निवेदन दिएका छन् ।

उनका वकिल सतीश मनासिन्देले जमानतको सुनुवाइ २ सेप्टेम्बरमा हुने बताएका छन् । ८ सेप्टेम्बरमा रियालाई लागुपदार्थ नियन्त्रण ब्यूरोले पक्राउ गरेको थियो ।

अर्कोतर्फ, मिडिया रिपोर्टहरूमा अभिनेत्री दीया मिर्जाले ड्रग्सको केसमा नाम लिने बित्तिकै उनले ड्रग्स सेवन गरेको खबर झुटो भएको बताएकी छन् । यस बाहेक उनले यस विषयमा कानुनी कारबाही गर्न पनि माग गरेकी छन् ।

दीया मिर्जाले भनेकी छन्– ‘म यस खबरलाई स्पष्ट रूपमा इन्कार गर्दछु जुन मेरो छवि बिगार्ने खराब अभिप्रायले फैलाएको हो । यस खराब रिपोर्टिंगले मेरो प्रतिष्ठामा प्रत्यक्ष असर पार्छ र यो मेरो क्यारियर हो, जुन मैले धेरै मेहनत गरेको छु । मैले आफ्नो जीवनमा कहिले पनि कुनै किसिमको लागुपदार्थ सेवन गरेको पनि छैन र किनेको पनि छैन् । भारतको नागरिकको रूपमा म यस विषयमा सबै कानुनी विधि प्रयोग गर्नेछु । मलाई साथ दिने मेरा सबै समर्थकहरूलाई धन्यबाद।’

प्रतिक्रिया दिनुहोस्