कोहलपुरमा बर्दियाका कोरोना संक्रमित वृद्धको मृत्यु



काठमाडौं : नेशनल मेडिकल कलेज कोहलपुरमा कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । नेशनल मेडिकल कलेजमा उपचारका क्रममा बर्दियाका कोरोना संक्रमित वृद्धको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि यही असोज ४ गते नेशनल मेडिकल कलेजमा भर्ना भएका ठाकुरबाबा नगरपालिका–७ का ६४ वर्षीय पुरूषको मंगलबार दिउँसो ४ बजे मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएका उनको निमोनिया बढ्दै गएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकश पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : असोज ७, २०७७

प्रतिक्रिया दिनुहोस्