नेपाली भूमिमा भवन नबनाएको चीनको दाबी



काठमाडौं : चीनले नेपाली भूमिमा भवन नबनाएको दाबी गरेको छ ।

हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भइरहेको बेला चीनको यस्तो धारणा आएको हो ।

नेपालसँग जोडिएको कुनै पनि ठाउँमा सीमा विवाद नरहेको दाबी गर्दै चीनले नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न नेपालले सक्ने जनाएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले एक प्रेस नोट जारी गर्दै चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद नरहेको जनाएको छ । ‘दुवै पक्षले सधै सीमाबारे निकट सम्बन्ध बनाएका छन्,’ जारी प्रेस नोटमा उल्लेख छ ।

नेपाल–चीन निकटका छिमेकी हुन् भन्दै चिनियाँ दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको जनाएको छ ।

यो पनि:

नेपाली भुमी अतिक्रमण, चीनद्वारा भवन निर्माण

प्रकाशित : असोज ७, २०७७

प्रतिक्रिया दिनुहोस्