बाघको छाला र सालकको खपेटासहित पक्राउ



कास्की : प्रहरीले बाघको छाला, सालकको खपेटा तथा आखेटोपहारसहित पोखरामा एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछानेलाई विशेष सूचनाका आधारमा मङ्गलबार साँझ पोखरा महानगरपालिका–३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पक्राउ परेका लामिछानेको साथबाट बाघको छाला लम्बाइ आठ तथा चौडाइ तीन फिटको एक थान, सालकको खपेटा लम्बाइ दुई फिट पाँच इन्च र चौडाइ ११ इन्चको एक थान तथा वन्यजन्तुको (बाघ) जस्तो देखिने हाड खुट्टा तथा पञ्चा अन्दाजी तीन किलो ७५० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाभित्र वन्यजन्तुको आखेटोपहार अवैध ओसारपसार तथा कारोवार हुँदैछ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतको इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा प्रदेश नं ३–०२–०११ प ७८०६ नम्बरको मोटरसाइकलको पछाडि जेब्रा झोलामा ती सामग्री लुकाइछिपाइ ल्याएको अवस्थामा नियन्त्रणमा लिइएको प्रनाउ हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पर्सा– नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु प्रकरणबारे पर्सा प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै

काठमाडौं– भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ मा नेपाल आउने भएका छन्

महोत्तरी– पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने

काठमाडौं– हरेक वर्ष अक्टोबर २६ तारिखमा अन्तरलिङ्गी जनचेतना दिवस मनाइने गरिन्छ । सन् १९९६ मा

सुर्खेत : शनिवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको छ। जसमा

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई कोरोना पुष्टि भएको छ। नेता

टीकापुर : टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् ।

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष

काठमाडौं– हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि “विश्व विकास सूचना दिवस“ मनाइन्छ। सन् १९७२ मा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दशैंको शुभकामना सन्देशमा प्रयोग भएको नक्सालाई विवाद तान्न

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति

लमजुङ : हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो