घरायसी विवादमाा श्रीमतीकाे हत्या, श्रीमान् पक्राउ



रोल्पा : धारिलो हतियार प्रयोग गरी बुधबार एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गंगादेब गाउँपालिका वडा नं. ५ स्थित सुकलाल सार्कीले श्रीमती देविसरा सार्कीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

 

राति करिब ११ बजे आफ्नै घरमा श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । घटनापछि उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिने सुकलालले हत्या गर्नुको कारण घरायसी विवाद रहेको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्