भूमिसुधारका कर्मचारीमा कोरोना पुष्टि, सबै सेवा बन्द



धनगढीः भूमिसुधार कार्यालय कैलालीका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कार्यालय प्रमुख सुरेन्द्र केसीले दिएको जानकारी अनुसार कार्यालयमा कार्यरत पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको हो । कर्मचारीमा संक्रमण पुष्टि भएपछि प्रशासनिक काम बाहेक सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख भूमिसुधार अधिकृत केसीले बताएका छन् ।

९ गते सम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको केसीले बताए । कार्यालयका अन्य कर्मचारीको पनि कोरोना परीक्षण गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको उनले बताए ।

प्रकाशितः ७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्