असोज २८ गते क्यानको साधारण सभा हुने



काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा असोज २८ गते हुने भएको छ ।

हिजो बसेको बोर्ड बैठकले असोज अन्तिममा साधारण सभा गर्ने निर्णय गरेको हो । कोरोना महामारीको कारण साधारण सभा भर्चुअल हुने क्यानले जनाएको छ ।

परिस्थिति अनुकुल रह्यो भने भौतिक रुपमा उपस्थिति भएर पनि साधारण सभा आयोजना गर्ने बाटो खुला रहेको क्यानका अध्यक्ष चतुर बहादुर चन्दको भनाई छ । यसअघि क्यानले भदौ १५ भित्र साधारण सभा गर्ने जनाएको थियो ।

तर, कोरोना भाईरसको महामारी र लकडाउनको कारण सभा रोकिएको थियो । चितवनमा हुने क्यानको बोर्ड बैठकले राष्ट्रिय टोलीका खेलाडीको जीवन बिमा गर्ने निर्णय गरेको जनाएको छ ।

यसै गरी खेलाडीहरुको प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग अनुमतिको लागि पहल गर्ने र मंसिरभित्र महिला र पुरुषको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय क्यानले गरेको छ ।

प्रकाशितः ७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्