गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि



पोखरा : गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामध्ये कास्कीको पोखरा महानगरपालिकामा आठजना छन् । संक्रमितहरू वडा नम्बर १७, १५, २०, र २७ मा एक–एकजना र वडा नम्बर १० मा एक सात वर्षीया बालिकासहित दुईजना रहेका छन् ।

कास्कीकै अन्नपूर्ण गाउँपालिकामा एकजना संक्रमित भएका छन् ।

स्याङ्जामा तीनजना संक्रमित थपिएका छन् । वालिङ वडा नम्बर ११ र १४ का एक–एक जना र गल्याङ वडा नम्बर २ का एकजनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी नवलपुरमा एक जना, म्याग्दीमा एक जना, तनहुँमा चार जना, लमजुङमा पाँच जना, र बाग्लुङमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ४८ पुगेको छ ।

प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार दुई सय ४८ छ । हालसम्म दुई हजार दुई सय ६८ जना निको भएका छन् ।

प्रकाशित : असोज ७, २०७७

प्रतिक्रिया दिनुहोस्