सिरहाका एक कोरोना संक्रमित पुरुषको मृत्यु



धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालका प्रवक्ता डा।दिनेश सापकोटाका अनुसार सिराहाको औरही गाउँपालिका–३ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो । मस्तिष्क घातका साथै टाउको दुख्ने, उल्टी आउने जस्ता समस्या देखिएपछि विराटनगरस्थित न्युरो अस्पतालमा उनलाई भर्ना गरिएको थियो । सोही क्रममा विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि न्युरो अस्पतालले सोही दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो । त्यही उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्