नेपालसहित विश्वभरका पाँच सय शिक्षाकर्मी काठमाडाैंमा



काठमाडौं : नेपालसहित विश्वभरका पाँच सय शिक्षाकर्मी काठमाडौंमा जम्मा भएका छन्।

 

सामुदायिक विद्यालयको शिक्षा सुधारमा नेपालले सञ्चालन गरेको अभियानबारे जानकारी लिने र यहाँका राम्रा अभ्यासलाई अन्य मुलुकमा पनि अनुशरण गर्ने उद्देश्यले आयोजित सम्मेलनमा सहभागी हुन उनीहरू जम्मा भएका हुन्।

 

सामुदायिक विद्यालयको शिक्षा सुधारमा पाँच वर्षदेखि सक्रिय टिच फर नेपाल र टिच फर अलको संयुक्त आयोजनामा बुधबारदेखि काठमाडौंमा सम्मेलन सुरु भएको छ। शुक्रबारसम्म सञ्चालन हुने सम्मेलनमा नेपाललगायत टिच फर अल सञ्जालमा आबद्ध राष्ट्रका करिब पाँच सय जनाले सहभागिता जनाएको टिच फर नेपालका सञ्चार व्यवस्थापक विपीन महर्जनले जानकारी दिए। अाजकाे अन्नपूर्ण पाेस्टमा खबर छ 

प्रतिक्रिया दिनुहोस्